२२ श्रावण २०८३, शुक्रबार

२०८३ साल साउन २२ गते शुक्रबार आजको दैनिक राशिफल


आजको राशिफल

२०८३ साल साउन २२ गते शुक्रबार आजको दैनिक राशिफल। वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मनमा असन्तोषरुपी अग्नि सल्किएला । आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ला । अनावश्यक विषयमा नचाहिदो चासो राख्दा आफै समस्यामा फसिएला ।

वृष

सामाजिक मान सम्मानमा नयाँ आयाम थपिएला । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउला । घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त होला ।

मिथुन

आफन्तजनबाटै प्रतिपक्षीको भूमिका खेलिन सक्ला । अनावश्यक रुपमा खर्चका बाटाहरु बढ्लान् । आर्थिक फाइदाबिहीन कामको समेत जिम्मेवारी बहन गर्नुपर्ला ।

कर्कट

कुनै शुभ समाचारको आगमनले मन प्रसन्न होला । साथीभाइ आफन्तजनसँग रमाइलो भेटघाटको मौका जुर्ला । आम्दानी बढ्नाले मनमा उत्साह पनि जाग्ला ।

सिंह

स्वास्थ्य स्थिति प्राय: अनुकूल रहला । आँटे ताकेका कार्यलाई भने साकार रुप दिन कठिनाइ होला । विपरीत लिङ्गी साथीको भने सहयोग मिल्ला ।

कन्या

आशा गरेको व्यक्ति तथा स्थानबाट अपेक्षाकृत सहयोग प्राप्त नहोला । व्यापार व्यवसायमा पनि नोक्सानी बेहोर्नुपर्ला । वादविवादजन्य विषयबाट टाढै रहेको श्रेयस्कर होला ।

तुला

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ला । न्यून उपलब्धिमै पनि मन बुझाउनुपर्ला । एउटै कामलाई पनि पटकपटक गर्नुपर्ने हुनसक्ला ।

वृश्चिक

थालेका कार्यले सफलताको मार्ग पक्रिएलान् । मनमा शान्ति मुहारमा कान्ति छाउला । राज्यपक्षबाट पनि साथ सहयोग प्राप्त होला ।

धनु

शत्रु पक्षको लज्जास्पद हार होला । यत्रतत्र ख्याति फैलिएला । घरमा नवीन चहलपहल छाउला ।

मकर

यात्रामा अनेकन विध्नबाधा सहनुपर्ला । मनमा अशान्तिको कालो बादल मडारिएला । कुनै अनपेक्षित खबर समेत सुन्नुपर्ला ।

कुम्भ

मन प्राय: अस्थिर रहला । स्वजनसँगै वैचारिक मनमुटावको स्थिति सिर्जना होला । प्रतिकूल स्वास्थ्यस्थितिको समेत सामाना गर्नुपर्ला ।

मीन

आरोग्यतामा थप वृद्धि आउला । मनमा प्रसन्नताको नवीन बहार छाउला । आर्थिक कारोबारमा लाभ होला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !