काठमाडौं । नेपाल आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको हो ।
उनी यसअघि आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न आह्वान गरेको दरखास्तमा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कौशल केसी र सञ्जीवकुमार देवको नाम सिफारिस गरेको थियो । आयल निगममै काम गरेको लामो अनुभवका आधारमा साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो ।













