काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन् । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केसीलाई नियुक्त गरेको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले बताए । उनका अनुसार सचिव पदमा प्रा डा रोजिश श्रेष्ठ नियुक्त भएकी छन्।
उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् । उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए ।












