१९ श्रावण २०८३, मंगलबार

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद इन्दिरा रानामगरको माग


इन्दिरा रानामगरको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले विश्वविख्यात नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा बोल्दै सांसद रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी हुन् ।

गत बिहीबार आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव सोमबार भेटिएको थियो । सांसद रानामगरले पुर्जाले आफ्नो साहसिक विश्वकीर्तिमानमार्फत नेपाललाई विश्वभर चिनाउन महत्त्वपूर्ण योगदान दिएको बताइन् ।

उनले पुर्जासहित ब्रोड पिकमा हिमपहिरोमा परि ज्यान गुमाएमाहरूमा हार्दिक श्रदाञ्जली समेत व्यक्त गरिन् । पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !