१८ श्रावण २०८३, सोमबार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतकाे आदेश


सर्वोच्चको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो ।

आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ।

पक्राउ परेका व्यवसायी प्रसाईंलाई अदालतले थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको हो । प्रसाईंलाई अनुसन्धानका लागि ७ दिनको थुना म्याद माग गर्दै आज सोमबार अदालतमा पेस गरिएको थियो । अदालतले म्याद थप गर्न अस्वीकार गरेको छ ।

यता, प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित सोमबारै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । प्रसाईंकी श्रीमती उमाले सोमबार बन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन् । रिटमाथि सुनुवाइका लागि मंगलबारलाई पेसी तय भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !