जनकपुर । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजार्चना गरेका छन् । गृहमन्त्री गुरुङ दुई दिनदेखि जनकपुरधाममा रहेका छन्। उनले जानकी मन्दिरमा पूजार्चना गरी देशमा शान्ति, सामाजिक सद्भाव तथा समृद्धिको कामना गरेका हुन् ।
मन्दिरमा पुग्नुभएका गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गरेका थिए। उनीहरूले गृहमन्त्रीलाई फूल तथा प्रसाद प्रदान गरेका थिए ।
गृहमन्त्री गुरुङको जनकपुरधाम भ्रमणका क्रममा धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ।













