काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ परेका हुन् ।
दूरसञ्चारसम्बन्धी कसुरमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राती उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता अनुपम शमशेर जबरा दिए ।
स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्याएको आरोप उनीमाथि छ । उनलाई आजै म्याद थपका लागि अदालत लगिने तयारी भएको समेत जबराले जानकारी दिए ।
रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा भण्डारी विज्ञको रूपमा उनको सचिवालयमा कार्यरत रहेकै बेला उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।













