काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शाहले सुनसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थितबारे ब्रिफिङ गरेका थिए ।
राष्ट्रपति केर्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका थिए । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।












