१३ श्रावण २०८३, बुधबार

प्रधानमन्त्री शाहसँग सभामुख अर्यालको भेट


प्रधानमन्त्री शाहसँग सभामुख अर्यालको भेट

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मङ्गलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा सभामुखले उनीहरुसँग छलफल गरेका थिए । त्यसैगरी, मङ्गलबार नै सभामुखले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए ।

छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदान-प्रदान भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु