काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रावि लामिछानेले सुनसरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । आज मंगलबार विज्ञप्ति जारी गरी सभापति लामिछानेले शान्ति र सदभावका लागि सहयोगी भूमिका खेल्न आग्रह गारेका हुन् ।
सभापति लामिछाने सुनसरीलगायत तराईका जिल्लाहरूमा घटेका घटनाप्रति दु:ख व्यक्त गर्दै ध्यानार्षण भएको जनाएका छन् । लामिछानेले घटनाले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति पार्टी मर्माहत भएको उल्लेख गरेका हुन् ।
लामिछानेले कुनै पनि समस्या, विवाद वा असन्तुष्टिको समाधान मुठभेडबाट हुन नसक्ने पनि बताएका छन् । नेपाली समाजको सबैभन्दा ठूलो सौन्दर्य नै सहिष्णुता भएको भन्दै आपसी सदभाव र एकतालाई जोगाई राख्न पनि आग्रह गरेका छन् ।













