काठमाडौं । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा पठाएको जनाएको छ । आज मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सो जानकारी दिएका हुन् ।
सम्मेलनमा पत्रकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो ? भनि सोधेको प्रश्नमा प्रवत्ता जयसवालले भने, “हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणमा पठाइएको छ ।”
जयसवालले नेपालका प्रधानमन्त्री ‘बालेन’का प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दाबीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जयसवालले आफूलाई त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिए ।













