११ श्रावण २०८३, सोमबार

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको काठमाडौं ल्याउदै गर्दा मृत्यु


मृत्यु

काठमाडौँ । धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको काठमाडौं ल्याउदै गर्दा मृत्यु भएको छ । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको काठमाडौं ल्याउदै गर्दा बाटोमै मृत्युु भएको हो ।

धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको आज सोमबार बिहान ७ बजेतिर धादिङ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीले हिजो आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।

उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए ।

गम्भीर अवस्थाकी चौधरीलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो तर आफन्तले उनलाई काठमाडौँ ल्याएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !