१० श्रावण २०८३, आइतबार

मकवानपुरको थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला


मृत्यु

बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङ क्षेत्रमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । थाहा नगरपालिका-१० निवासी ४१ वर्षीय आश्मान गोपाली आज बिहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बर्तौलाले जानकारी दिए ।

मृतक नजिकैको होटेलमा बसेको भन्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको जानकारी दिँदै उहाँले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !