काठमाडौं । अख्तियार अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराईलाई घुस रकमसहित पक्राउ गरेको छ । आज शुक्रबार भट्टराईलाई २१ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
स्थायी लेखा नम्बर बन्द गर्नका निम्ति वडा कार्यालयबाट दिनुपर्ने सिफारिसका लागि उनले सेवाग्राहीसँग घुस मागेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भट्टराईले घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनलाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।













