८ श्रावण २०८३, शुक्रबार

ट्राफिक नियम तोडेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना


बब्लु गुप्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक प्रहरीले जरिमाना तिराएको छ । गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पाँच सय जरिमाना तिराइएको हो ।

सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने गुप्ताको उक्त स्टन्ट शैलीको भिडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको छ । आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै क्षमा समेत मागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !