काठमाडौँ । पूर्व युवा तथा खेलकुद मन्त्री भइसकेका सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद बब्लु गुप्ता ट्राफिक नियमको उल्लंघन गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
गुप्ताले गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक नियमको धज्जी उढाउँदा सांसद जस्ता ठुला व्यक्तिलाई छुट तर सर्वसाधारणलाई जरिबाना भनेर सामाजिक संजालमा आलोचना शुरु भएको छ ।
गुप्तासँग रहेका उनका साथी रहिश खानको टिकटक आइडीबाट करिब १४ घण्टाअघि पोस्ट गरिएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा रूपमा भाइरल भएको छ ।
‘साइड लाग, साइड लाग, हाम्रो पारा यस्तै हो’ भन्ने र्याप गीतसहित पोस्ट गरिएको भिडियोमा सांसद गुप्ता बागमती प्रदेश ०२-०२५ प ५२३१ नम्बरको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट पछाडि आइरहेका अन्य मोटरसाइकलहरूको भिडियो खिचिरहेको देखिन्छन् ।













