काठमाडौं । वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई आज दिउँसो काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।
केसीविरुद्ध साइबर अपराधबारे जाहेरी प्राप्त भएपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं एसपी दिलिपकुमार गिरीले जानकारी दिए । प्रहरीले भने जाहेरीकर्ताको नाम गोप्य राखेको छ । पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।
राधिका दासीले अघोषित श्रीमान राखेको भनेर अन्तवार्ता दिने केसीलाई आज प्रहरीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ ।













