५ श्रावण २०८३, मंगलबार

कीर्तिपुरमा जलेको कारबाट बाहिर निकालिए चालक


कीर्तिपुरमा जलेको कारबाट बाहिर निकालिए चालक

काठमाडौं । कीर्तिपुरमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार कारको ड्राइभर सिटमै पुरुषको शव फेला परेको हो ।

शव पूर्णरुपमा जलेको भेटिएको र पहिचान हुन नसकेको एसपी भट्टराइको भनाइ छ । कीर्तिपुरको चाँदनीचोकस्थित एक खाली जग्गामा पार्किङ गरेको अवस्थामा बा ५ च ३०३८ नम्बरको सेतो कार जलेको हो ।

प्रहरीको अनुसन्धानका क्रममा कार पार्किङका लागि १० बजेर ४६ मिटनमा त्यहाँ पुगेको खुलेको छ । आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको छ ।

कार त्यहाँ पुगेपछि चालकभित्रबाट बाहिर नओर्लिभित्रबाट नै आगो लागेको देखिएको छ । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !