५ श्रावण २०८३, मंगलबार

काठमाडौंको नयाँ बसपार्कस्थित होटलमा एक युवती मृत फेला


मृत्यु

काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव आइतबार फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनको हत्या भएको बताए । गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

मृतक निशा सुनार कैलाली धनगढी उपमहानगरपालिकाकी हुन्। उनको हत्यामा संलग्नको प्रहरीले खोजी गरिरहेको छ। शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !