फाइल फोटो काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठक बोलाउन आग्रह गरेका छन् । खनालले आइतबार विज्ञप्ति जारी गर्दै जटिल अवस्थामा पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउन आग्रह गरेका हुन् ।
खनालले प्रदेशहरूमा नयाँ राजनीतिक समीकरण बन्न लागेको र त्यसमा नेकपा समेत सामेल हुन लागेको चर्चा भइरहेका बेला अपवित्र साँठगाँठमा लाग्न नहुने बताएका छन् ।
नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले यो साँठगाँठको नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रुपान्तरण गर्ने बेला रहेको भन्ने कुरा बुझ्नुपर्ने उनको भनाइ छ ।
खनालले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मुलुकका ज्वलन्त समस्याहरू समाधानको दिशातिर जान्छन् कि भन्ने आमजनताको आशा विपरीत मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता,जनजीविका तथा छिमेकी मुलुकसँगका सम्बन्ध नै खलबलिन थालेको बताएका छन् ।













