३ श्रावण २०८३, आइतबार

जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, मुग्लिङ–नारायणगढ सडक खुल्यो


नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।

आज आइतबार बिहान करिब ७ः१० बजे काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना हुँदा अवरुद्ध भएको सडक–खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !