३२ असार २०८३, बिहिबार

प्रधानमन्त्री शाह र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता


प्रधानमन्त्री शाह र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधामन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भेटवार्ता भएको हो ।

​छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको बताइएको छ । ​छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओली सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !