काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले बुधबार पनि अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । हिजो मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज पनि काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएका छन् ।
सरकारको निर्णयले करिब संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट रित्तो हात सेवाबाट बहिर्गमन हुने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।अहिले संघ सरकार मातहत करिब १४ हजार, प्रदेश मातहतमा ८ हजार र स्थानीय तह मातहतमा ३५ हजार करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन् ।
सरकारले आफूहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएको भन्दै विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् । सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीहरूले सेवा निरन्तरताको माग गर्दै अर्थ मन्त्रालयमा धर्ना दिएका थिए ।













