३१ असार २०८३, बुधबार

सिंहदरबारअघि प्रदर्शन गर्दा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ


सिंहदरबारअघि प्रदर्शन गर्दा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

काठमाडौँ । सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ नेता तथा कार्यकर्ता पक्राउ गरेका छन् ।

पक्राउ पर्ने अन्यमा निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष वाग्मती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदिप थापा, सिरिस बुढाथोकी रहेका छन् ।

अनेरास्ववियुले आज बुधबार बिहान सिंहदरबार गेटअगाडि मोटरसाइकल पार्किङ गर्दै प्रदर्शन गरेको छ । सिंहदरबार गेटअगाडि प्रदर्शन गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !