३१ असार २०८३, बुधबार

कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए सामूहिक राजीनामा


कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए सामूहिक राजीनामा

सुर्खेत । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। आज बुधबार बिहान कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाएका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजया बुढाले राजीनामा बुझाएका एक मन्त्रीले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी मन्त्रिपरिषद् बैठकमा नबसेर राजीनामा दिएर फर्किएका थिए।

कर्णालीमा एमाले र नेपाली कांग्रेसको गठबन्धनको सरकार छ। एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री छन्। यसअघि नै कर्णालीमा एमाले कांग्रेसबिच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !