३० असार २०८३, मंगलबार

प्रतिनिधिसभाको बैठकमा अकस्मात् पुगे प्रधानमन्त्री बालेन


प्रतिनिधिसभाको बैठकमा अकस्मात् पुगे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । आज मंगलबार प्रतिनिधिसभा बैठक जारी रहँदा प्रधानमन्त्री शाह सदनमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री शाहसंगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रतिनिधिसभाको जारी बैठकमा सहभागी हुन अकस्मात् पुगेका हुन् ।

बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन । गत जेठ १७ गते संसद् बैठकमा सम्बोधन गरेयता प्रधानमन्त्री बालेन सदनमा पुगेका थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !