३० असार २०८३, मंगलबार

काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई गृहमन्त्रीले निजगढ पुगेर भेटे


मिटरब्याज पीडित

जनकपुरधाम । ‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् । आज बिहानै गृहमन्त्री गुरुङ भेट्न आउँदै छन् भन्ने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए ।

उनीहरुलाई भेटेर गृहमन्त्री गुरुङ मिटरब्याज पीडितको माग तथा समस्या समाधानका बारेमा संवाद गरिरहेका छन् । राति बास बसेको उद्योग वाणिज्य संघ निजगढको सभाल हलमा संवाद भइरहेको बताइएको छ ।

न्याय खोज्दै काठमाडौं हिँडेका मिटरब्याज पीडितहरू असार २५ गते जनकपुरधामबाट पैदल मार्च सुरु गरेका पीडितहरू सोमबार साँझ बाराको निजगढ आइपुगेका थिए । मंगलबार बिहानै उनीहरू पुनः काठमाडौंतर्फ हिँड्ने तयारीमा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !