२८ असार २०८३, आइतबार

गणेश नेपालीको परिवार र सरकारवीच ९ बुँदे सहमति


गणेश नेपालीको परिवार र सरकारवीच ९ बुँदे सहमति

काठमाडौं । आत्मदाहपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबिच सहमति भएको हो ।

सहमतिका बुँदामा परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषय उल्लेख छन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ने‍पालीले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेको भोलिपल्ट असार २५ गते उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको हो ।

यस्तो छ हेर्नुहोस् सहमति पत्र

९ बुँदे सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !