काठमाडौं । अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । पारिवारिक स्रोतका अनुसार गत मंगलबार अन्नपूर्ण न्यूरो अस्पतालमा उनको शल्यक्रिया सफल भएको हो ।
शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । करिब डेढ हप्ता अगाडि ढाड दुखाइको समस्या भएर निरौला अस्पताल गएपछि स्वास्थ्यपरिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको हो ।













