२८ असार २०८३, आइतबार

विमानस्थलबाट नियन्त्रणमा लिएर दुर्गा प्रसाईंलाई प्रहरीले पुर्यायो घर


दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर घरमै पुर्याएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेका थिए । झापाबाट काठमाडौं आएका प्रसाईंलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

प्रसाईंले पत्रकार सम्मेलन गर्न लागेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । काठमाडौंका एसपी पवन भट्टराईले विमानस्थलमा निषेधित क्षेत्रमा बोल्न खोजेकाले नियन्त्रणमा लिएर निवासमा पुर्याइएको बताए । उनले गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्न लागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !