२८ असार २०८३, आइतबार

सुनचाँदीको मूल्यमा आज सामान्य उतारचढाव


सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको छ भने चाँदी रु ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४७५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदीरु चार हजार ५१० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !