२७ असार २०८३, शनिबार

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ गम्भीर घाइते


बझाङमा जिप दुर्घटना

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् । बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुर्घटनामा चालकसहित १२ जना गम्भीर घाइते भएका हुन् ।

केदारस्युा गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुवापनतर्फ गइरहेको सेच००१२६४४ नम्बरको जिप दुर्गाथली गाउँपालिका–६ र केदारस्युँ गाउँपालिका–७ को सिमानामा पर्ने सुँगरे भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परी दुर्गाथली–६ का ६० वर्षीय चक्र महत, सोही ठाउँकी ६५ वर्षीया केलादेवी महत र केदारस्युँ–७ की ३५ वर्षीया विमला धामीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर जिप चालक केदारस्युँ–७ का देवबहादुर धामी, दुर्गाथली–६ का झल्का महत, जैमती महत, धनशेर जाग्री, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जाग्री, विरु जाग्री र रामबहादुर महत गम्भीर घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !