काठमाडौँ । गृह मन्त्रालयले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । आज शुक्रबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुधन गुरूङले ५ सदस्यीय समिति गठन गरेको जानकारी गराएका हुन्।
उनका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी गोबिन्द थपलियालाई संयोजक बनाइएको छ। ‘डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छौं। तीन नगर प्रहरी सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘यसमा हामी निष्पक्ष रूपमा छानबिन गर्छौं।’













