२६ असार २०८३, शुक्रबार

गणेश नेपालीको कुनै पनि समयमा अवस्था बिग्रन सक्छ : वीर अस्पताल


वीर अस्पताल

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन वीर अस्पतालले शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा विशेषज्ञ टोली २४ सै घण्टा उपचारमा खटिएको जनाएको छ।

गणेशको अवस्थाबारे अहिले नै ठोस रूपमा भन्न नसकिने र कुनै पनि समयमा अवस्था बिग्रन सक्ने पनि अस्पतालको भनाइ छ। ‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ।

बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि गणेशको अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको अस्पतालले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !