काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई राज्यविरुद्धको कसूरमा दोषी ठहर गरेको छ ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले आज गरेको फैसलाअनुसार नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने कार्यले राज्यको स्वाभिमान र अन्तर्राष्ट्रिय छविमा आँच पुर्याएको भन्दै उनीहरूलाई सो कसूरमा दोषी ठहर गरिएको हो।
राज्यविरुद्धको कसूरमा दोषी ठहर हुनेहरूमा टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई, गिरोहका मुख्य सदस्यहरू केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र आङटावा शेर्पा रहेका छन्।












