१७ असार २०८३, बुधबार

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ


रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराएका हुन् ।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।शपथलगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति रवि लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिरहेका छन् ।

सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचिन भएका थिए । त्यस्तै, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए । १९ जनामध्ये वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुनेछन् । ५१ केन्द्रीय समिति मनोनीत हुने विधानको व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु