१५ असार २०८३, सोमबार

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


विष्णु पौडेल

काठमाडौँ । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष पौडेललाई अदालतले थप तीन दिन हिरासतमा राख्न आज अनुमति दिएको हो ।

आज सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद थपको अनुमति दिएको हो ।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ । पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।

विशेष अदालतले यसअघि असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतले दिएको उक्त म्याद असार १४ गते सकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !