विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपा नेतृत्वको सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमाथि दबाब सिर्जना गरिरहेको खुलासा गरेका छन् । विराटनगरमा नेकपाको कार्यक्रममा सम्बोधन गर्दै उनले आफूले अब राष्ट्रपति धेरै दिन टिक्दैनन् भन्ने सुनेको बताए ।
उनले रास्वपा सरकार संविधानविरुद्ध नै लागेकोले यही शृङ्खला अन्तर्गत राष्ट्रपतिमाथि दबाब सिर्जना गरेको उनको धारणा छ । उनले रास्वपाले महाधिवेधनबाट संघीयताका विरुद्ध प्रदेशसभाका विरुद्ध समावेशी समानुपातिकता विरुद्ध खुलेआम प्रहार सुरु गरेका बताएका छन् ।
उनले संविधान खारेज गर्न राष्ट्रपतिमाथि जबरजस्ती दबाब भएको कुरा सुन्नमा आएकोले कोही कोहिले त आफूलाई अब राष्ट्रपति टिक्दैनन् केहि दिन मात्रै हो पनि भनेको बताए ।













