११ असार २०८३, बिहिबार

व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का


अजेय सुमार्गी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर उनको पासपोर्ट रोक्का गरेको हो ।

विभागका उच्च स्रोतका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेका बेला सुमार्गी विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो कदम चालिएको हो। सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ ।

उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्र्याएको बैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिएपनि पछि त्यसले निरन्तरता पाएन । कम्तिमा पनि एक दशक पुराना उजुरीमाथि अनुसन्धान अघि बढेपछि पासपोर्ट रोक्का गरिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !