९ असार २०८३, मंगलबार

विष्णु पौडेललाई काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो


विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई आज मंगलबार बिहान काठमाडौँ ल्याइएको छ । हिजो सोमबार साँझ सुर्खेतबाट प्रहरीले पौडेललाई पक्राउ गरेर काठमाडौँ ल्याइसकेपछि पौडेललाई ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइएको छ ।

मंगलबार राति नै पौडेललाई सार्वजनिक गाडीमा काठमाडौंतर्फ हिँडाइएको थियो । राति पौडेललाई बाँकेको नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयमा राख्ने तयारी गरिएतापनि प्रहरीले सुरक्षाका कारण देखाउँदै राति नै गाडीमा उनलाई काठमाडौं ल्याएको हो ।

पौडेललाई कलंकी, बल्खु हुँदै सम्पत्ति विभागको कार्यालयमा लगिएको प्रहरीले जनाएको छ । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई आजै म्याद थपका लागि अदालत लाने तयारी गरिएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !