२ असार २०८३, मंगलबार

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ


तीर्थराज अर्याल

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरेको हो ।

राहदानी (पासपोर्ट) छपाइ तथा आपूर्ति प्रक्रियामा अनियमितता प्रकरणमा अनुसन्धानका निम्ति उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

विभाग पुगेर अख्तियारको टोलीले सम्बन्धित कागजात समेत नियन्त्रणमा लिएको छ । राहदानी विभागको ठेक्का प्रक्रियामा मिलेमतो गरी करोडौँ रुपैयाँको अनियमितता गरिएको भन्दै महानिर्देशक अर्यालविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारले राहदानी खरिद, छपाइ तथा आपूर्ति प्रक्रियासम्बन्धी कागजात कब्जामा लिएर विस्तृत अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ । ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको दुरुपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोप लाग्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !