काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका पीडितहरूसँग भेटघाट गरेका छन् । आज बिहीबार माइतीघर मण्डला पुगेर उनीहरूलाई भेटघाट गरेका हुन् ।
गृहमन्त्री गुरुङले माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेटेका छन् । उनले उनीहरूको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।













