२७ जेष्ठ २०८३, बुधबार

खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले भने– कानुनी कारबाही अघि बढाउँछौँ


खुश्बु ओली र सुधन गुरुङ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफ्नो अभिव्यक्तिकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरुङले उनीसँग छलफल गरेका छन् ।

सांसद ओलीले ज्यान मार्ने धम्कीको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

ओलीले संसद्‌ बैठकमा सो कुरा बताएलगत्तै गृहमन्त्री गुरुङले सांसद ओलीलाई बैठकभित्रै भेटेर कारबाही अघि बढाइने भन्दै यसका लागि प्रक्रियामा जान आग्रह गरे । नेपाललाई सनातन राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको ओलीले बताएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु