काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमण र प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको बारेमा सदनमा जानकारी गराउँदा श्रम संस्कति पार्टीले विरोध जारी राखेको छ । आज बुधबारको प्रतिनिधिसभा बैठकमा खनालले जानकारी गराइरहँदा श्रम संस्कृति पार्टीले विरोध गरेको हो ।
सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री खनाललाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठरे विरोध गरेका थिए । श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाइरहेपनि परराष्ट्रमन्त्री खनालले आफ्नो भारत भ्रमणबारे जानकारी गराए ।
आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले जवाफ दिने सहमतिमा असहमति जनाए । संसदीय दलका नेता हर्क साम्पाङ माइक नपाए पनि बोलिरहेका छन् ।













