२० जेष्ठ २०८३, बुधबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


सुनको मूल्य

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ ।

आज मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो । आज एक तोला चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४०५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !