काठमाडौं । प्रतिनिधिसभा बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ । आज मंगलबार पनि विपक्षी दलको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले आगामी जेठ २५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजे दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेका थिए । सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राखेतापनि प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान नछोडेपछि बाध्य भएर सभामुख अर्यालले बैठक स्थगित गरेका हुन् ।













