काठमाडौं । तत्कालीन गृहमन्त्री एवं सांसद सुधन गुरुङमाथि छानबिनका निम्ति सरकारले पाँच दिनको समय थपेको छ । आज मंगलबारदेखि लागु हुने गरी पाँच दिनको समय थपिएको हो ।
आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले बताए । उनले काम नसकिएका कारण मागअनुसार पाँच दिनको समय थपिएको जानकारी दिए ।
उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा रहेको छानबिन समितिले गुरुङको सम्पत्ति विवरण संकलन गरेर बयान समेत लिएको थियो । गत वैशाख २८ गते मन्त्रिपरिषद्को बैठकबाट छानबिन समिति गठन गरिएको हो । समितिलाई सुरुमा दिइएको १५ दिनको समय दिइएको थियो ।













