काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा राखेको विषय निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा लुम्बिनी प्रदशेमा आयोजित कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेसले यसको सम्पूर्ण रूपले विरोध गर्ने बताए ।
प्रधानमन्त्री बालेनले आइतबार प्रतिनिधिसभामा ‘भारतको जग्गा नेपालले मिचेको’ भन्ने विषय निन्दनीय रहेको टिप्पणी गरेका छन् । सीमा विवादजस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने उनले बताए ।
छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्नसकिने सम्भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले क्षीण बनाएको उनले टिप्पणी गरे । प्रधानमन्त्रीलाई संसद्मा गएर उभिन र नजानेर बोलेको भनेर माफी माग्न उनले आग्रह गरे ।













