१८ जेष्ठ २०८३, सोमबार

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित


राष्ट्रियसभाको आजको बैठक

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनका केही विषयलाई लिएर राष्ट्रियसभा सदस्यहरुले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विरोधको प्रक्रियालाई रोकेर सभा सञ्चालनमा सहयोग गर्न पटकपटक आग्रह गरे पनि सांसदहरुले त्यसको अवज्ञा गरेपछि उनले बैठकले स्थगन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !