१२ जेष्ठ २०८३, मंगलबार

संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली सर्वपक्षीय आयोग बनाउनुपर्छ : सांसद केसी


संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली सर्वपक्षीय आयोग बनाउनुपर्छ : सांसद केसी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधन बहसका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताएका छन् । कांग्रेसका सांसद केसीले संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित रहन नहुने बताएका हुन् ।

संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित रहन नहुने उनको भनाइ छ । केसीले प्रतिनिधि सभाको बैठक बोल्दै संविधान संशोधनबारे बहस गर्नको लागि शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न माग गरेका हुन् ।

सरकारले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशोधन बहस पत्र कार्यदल गठन गरेको छ। त्यसतर्फ लक्ष्य गर्दै कांग्रेस सांसद केसीले संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित हुन नहुने बताएका हुन्। यो कार्यदलमा कांग्रेसले प्रतिनिधि पनि पठाएको छैन ।

साथै उनले राष्ट्रिय जटिलता, वैदेशिक द्वन्द्व र सामाजिक ध्रुवीकरणका अवस्थामा सत्ता वरपर केन्द्रित बहसले मात्र संशोधन सफल नहुने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !